काठमाडौं– मेलिना राई र प्रताप दासको स्वरमा ‘कठै बिचरा’ गीत सार्वजनिक भएको छ। रोमान्टिक डान्सिङ बिटको गीतमा सुदीप अत्रेयाको शब्द रचना र किरण माइकल घिमिरेको संगीत छ। गीतको भिडियोमा राज कटुवाल र प्रमिला क्षेत्री फिचर्ड छन् । यो जोडीले रोमान्टिक मुडमा डान्स स्टेप्स गरेका छन्। जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी छ । रमेश शाहीले निर्माण गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ। https://youtu.be/H3ePHEwRUwo


