सब–इञ्जिनियरको लिखित परीक्षाको नतिजा सार्वजनिक, विवरणसहित - Chaitanya News
  • 2026-10-05
  • 10:49:46
  • सोमबार,आश्विन १९, २०८३
  • सब–इञ्जिनियरको लिखित परीक्षाको नतिजा सार्वजनिक, विवरणसहित

    सब–इञ्जिनियरको लिखित परीक्षाको नतिजा सार्वजनिक, विवरणसहित

    काठमाडौँ– लोक सेवा आयोग, काठमाडौँ कार्यालयले सब–इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार सूचना जारी गर्दै इञ्जिनियरिङ सेवाअन्तर्गत सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको रा.प.अनं. प्रथम श्रेणीको सब–इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगका अनुसार विज्ञापन नं. १२००६–१२००८/०८२–८३ अन्तर्गत खुला तथा समावेशी समूहमा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा सहभागी उम्मेदवारले आयोगबाट प्रकाशित सूचनामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

    यस्तै, आयोगले काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०१०/०८२-८३ (पि.क्षे.), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, इलेक्ट्रिकल टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

    यसैगरी, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०११-१२०१२/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।