चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1057 of 1102
  • 2026-10-05
  • 17:34:11
  • सोमबार,आश्विन १९, २०८३

About Author

पेट्रोलियम ढुवानी व्यवसायीले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने

कााठमाडौं– आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएको छ। सरकारसँग भएको सहमतिअनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै पेट्रोलियम ढुवानी व्यावसायीहरुले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन्। भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन सुरु गरेका थिए। आफूहरुले राखेको माग सम्बोधन नगरिएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रमहरु थप गरेका छन्। थप कार्यक्रमअनुसार उनीहरुले बिहीबारदेखि अमलेखगञ्ज डिपोबाट समेत आन्तरिक लोडिङ बन्द गर्ने भएका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने ट्याङ्कर ढुवानी व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासले बताए। उनले भने, “सरकारले यसअघि सरोकारवाला विज्ञहरु, ढुवानी व्यवसायी महासंघका प्रतिनितिधहरु सहितको छलफलमा तय गरिएको वैज्ञानिक भाडादर अझै पनि लागू गरेको छैन। सरकारले भाडादर लागू नगर्दा पेट्रोलियम ढुवानी व्यावसायीहरुले घाटा व्यहोर्नु परिरहेको छ। त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका छौं। उनका अनुसार सरकारले अहिले नयाँ रुटबाट ढुवानी गर्ने भाडा पनि भुक्तान गर्न बाँकी रहेको छ। भुक्तानी बक्यौता चाँडै गर्न आन्दोलनरत व्यावसायीहरुको माग छ। सरकारले आन्दोलनरत व्यवसायीहरुको मागलाई सम्बोधन नगरे असोज १ गतेदेखि देशभरका डिपोबाट लोड–अनलोड ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ।

News by पेट्रोलियम ढुवानी व्यवसायीले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने :