२४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए - Chaitanya News
  • 2026-04-18
  • 18:07:11
  • शनिबार,बैशाख ०५, २०८३
  • २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए

    २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ।