नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुँदै - Chaitanya News
  • 2026-04-18
  • 13:00:22
  • शनिबार,बैशाख ०५, २०८३
  • नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुँदै

    नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुँदै

    काठमाडौं– जारी रुस युक्रेन युद्धमा रुसको मौन समर्थन जनाइरहेको आरोप खेपिरहेको भारत र रुसका कार्यकारी प्रमुख नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुने भएको छ।

    अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार यही सेप्टेम्बर १५ र १६ मा उज्जेब्किस्तामा हुन गइरहेको शांघाई कोअप्रेशन अर्गनाइजेसन (एससिओ) को सम्मेलनको क्रम यी दुई नेता बीच भेट हुने भएको हो।

    उक्त भेटमा मोदी र पुटिन बीच रुस युक्रेन युद्दको कारण उत्पन्न खाद्य संकटको समाधानबारे छलफल हुने जनाइएको छ। उक्त सम्मेलनमा चीनका राष्ट्रपति सी जिङ पिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको पनि उपस्थिती रहने बताइएको छ।

    यधपि मोदीको यी दुई नेतासँग छुट्टै वार्तालाप हुने वा नहुने भन्ने विषयहाल सम्म सार्वजनिक भइसकेको छैन। पुटिन बाहेक मोदीको उज्जेब्किस्तानका राष्ट्रपतिसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ।