चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1051 of 1102
  • 2026-10-05
  • 20:46:08
  • सोमबार,आश्विन १९, २०८३

About Author

बिरामीको स्वास्थ्य बुझ्न घरमै पुगे सेती प्रादेशीक अस्पताल व्यवस्थापन समिति सदस्य भट्ट

धनगढी- सेती प्रदेशीक अस्पताल धनगढीका व्यवस्थापन समिति सदस्य दिल्लाराज भट्टले एक मिर्गौला पीडितको घरमै पुगेर भेटेका छन्। केही दिन पहिले डाइलायसिस सेवाका लागि अस्पताल आएका बिरामीले अस्पतालमा उपचारको क्रममा समस्या भोग्नु परेको भन्दै गुनासो गरेका थिए। उपचारको लागि बिरामीको साथ आएकी उनकी दिदीले उपचारको क्रममा समस्या भोग्नु गरेको भन्दै रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।सामाजिक सञ्जालमा अस्पतालमा उपचार गर्ने क्रममा शास्ती भएको भन्दै सेवाग्राही रोएको भिडियो आफूले देखिपछि ठेगाना पत्ता लगाएर भेट्न घरमै पुगेको सदस्य भट्टले बताए। मिर्गौला रोगबाट पीडित भएर विगत एक वर्षदेखि नियमित हप्तामा दुई पटक डायलाइसिस गराइरहेका कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का २५ वर्षीय एक युवकको घरमै पुगेर भट्टले बिरामी र उनका आफन्तसँग भेट गरेका हुन्। उनले स्वास्थ्य लाभको कामना गर्दै बिरामिकि दिदीलाई सोधेका थिए, ‘सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा रोएको भिडियो सामाजिक सञ्जालमा निक्कै भाइरल भएको देखे। मैले तपाईंलाई चिनेको थिइन। तपाईंको ठेगाना पत्ता लगाएर आएको हुँ। त्यो दिन समस्या के भएको थियो। तपाईंले अस्पतालमा उपचारको क्रममा के समस्या भोग्नु परेको थियो।’ जवाफमा बिरामीकी दिदीले भाइको उपचाको क्रममा अस्पतालमा निकै समस्या भएको बताएकी थिइन्। ‘भाइको डायलाइसिस गराउन जाँदा अस्पतालको फार्मेसीमा औषधि छैन भनियो। बाहिर पनि औषधि पाइएन,’ उनले भनिन्। बाहिरबाट भित्र जान भन्ने र भित्रबाट बाहिर जान भन्ने गरेकाले आफूले निकै सास्ति खेपेको उनको गुनासो थियो। पहुच हुनेहरूले आँखै अघि औषधि लगेको देख्दा पीडा भएको उनले बताइन्। जवाफ भट्टले आफूहरू आएको धेरै नभएको र अस्पतालका कमजोरी सुधार गर्दै लगिने प्रतिवद्धता जनाएका थिए। उनले अस्पताललाई जनमैत्री बनाउन आफूहरू निरन्तर सक्रिय रहेको बताएका थिए। उनले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने भन्दै क्षेमायाचना गरेका थिए। यसरी समस्या भएको थाहा पाएर अस्पताल व्यवस्थापन समितिकै सदस्यले घरमा आएर स्वास्थ्यवस्था बुझ्दा खुसी लागेको बिरामीका आफन्तले बताएका थिए। उनले सुधारका लागि यसरी तदारुकता देखाउँदा अस्पतालको व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका थिए।

News by बिरामीको स्वास्थ्य बुझ्न घरमै पुगे सेती प्रादेशीक अस्पताल व्यवस्थापन समिति सदस्य भट्ट :