लोकसेवा उपयोगी सामग्री [५] - Chaitanya News
  • 2026-04-17
  • 17:50:52
  • शुक्रबार,बैशाख ०४, २०८३
  • लोकसेवा उपयोगी सामग्री [५]

    लोकसेवा उपयोगी सामग्री [५]

    १) कुन भनाइ सही छ/छन्?

    १. पृथ्वीबाट पाँचौँ नजिकको ग्रह शनि हो।

    २. चन्द्रमा पूर्ण आकारमा पृथ्वीको सबैभन्दा नजिक आउने अवस्था सुपरमुन हो।
    ३. पृथ्वी र सूर्यबीचको दुरी सबैभन्दा कम हुनुलाई एपिहेलियम भनिन्छ।
    ४. पृथ्वी र सूर्यबीचको दुरी सबैभन्दा बढि हुनुलाई पेरिहेलियम भनिन्छ।

    A) १ र ३ मात्र B) ३ र ४ मात्र C) १ र २ मात्र D) माथिका सबै

    २) तल दिइएका जोडाहरुमा कुन कुन जोडा सहि छ/छन्?

    १. कहिल्यै पात नझर्ने वनस्पति — खजुर
    २. तराईका जंगल — झोरा
    ३. लेकको जंगल — पाल
    ४. जन्तुहरु जस्तै हिँडडुल गर्ने वनस्पति — मेनग्रोब

    A) १ र ३ मात्र सहि B) २ र ४ मात्र सहि C) ३ मात्र सहि D) माथिका सबै सहि

    ३) देहाएका मध्ये सबैभन्दा महत्वपूर्ण सभ्यता कुन हो?

    A) मिश्रको सभ्यता B) मेसोपोटामियाको सभ्यता C) युनानी सभ्यता D) सिन्धुघाँटीको सभ्यता

    ४) तल दिइएका कथनहरुमा नमिल्दो कथन कुन हो?

    १. नेपालमा सर्वप्रथम गोपाल वंशका शासकहरुले शासन गरेका थिए।
    २. गोपालवंशीहरुको शासन केन्द्र माता तिर्थमा थियो।
    ३. प्रथम गोपालवंशी राजा भुक्तमान हुन्।
    ४. गोपाल वंशका अन्तिम राजा भूमि गुप्त हुन्।

    A) ४ मात्र B) १ र ३ मात्र C) ३ र ४ मात्र D) माथिका सबै

    ५) एजेन्डा—२१ मा आधारित दिगो विकास कार्यक्रम नेपालमा कहाँ सञ्चालित छ?

    A) रसुवा, नुवाकोट र धादिङ्ग B) दाङ, सुर्खेत र कैलाली C) जुम्मा, हुम्ला र कालिकोट D) मकवानपुर, काठमाडाैं र भक्तपुर

    ६) फ्रान्सेली राज्य क्रान्तिको महत्वपूर्ण परिणामहरु तलका मध्ये कुन—कुन हो/हुन्?

    १. साम्यवादको अन्त्य २. राष्ट्रिय भावनाको विकास ३. मानव अधिकारको घोषणा ४. प्रजातन्त्रको विकास

    A) १ र ४ मात्र B) १ र ३ मात्र C) २ र ३ मात्र D) माथिका सबै

    ७) संयुक्त राष्ट्र सङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’ का रूपमा मनाउने निर्णय गरिएको छ?

    A) सन् २०२१–२०३० B) सन् २०२५–२०३० C) सन् २०२१–२०२९ D) सन् २०२१–२०३५

    ८) संवैधानिक परिषद्मा तलका मध्ये को सदस्य हुँदैन?

    A) प्रधान न्यायाधिश B) व्यवस्थापिका संसदको सभामुख C) गृह मन्त्री D) प्रमुख विपक्षी दलको नेता

    ९) नेपालकै पहिलो बालविवाहमुक्त घोषणा भएको नगरपालिका कुन हो?

    A) उदयपुरको त्रियुगा नगरपालिका B) काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका C) कपिलवस्तुको बुद्धभूमि नगरपालिका D) नुवाकोटको बेलकोटगढी नगरपालिका

    १०) नेपालको निर्वाचन आयोग कुन प्रकारको निकाय हो?

    A) संवैधानिक निकाय B) सदैव कार्यकारिणीमा निर्भर निकाय C) राजनैतिक निकाय D) संसदमा निर्भर निकाय

    ११) द्घितीय विश्वयुद्धको समाप्तीको समयमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति को थिए?

    A) थियोडारेर रुजवेल्ट B) ह्यारी टुम्यान C) फ्रैकलिन रुजवेल्ट D) विड्री विल्सन

    १२) राणाकालिन प्रशासनमा मुन्सी खानाले के काम गर्दथ्यो?

    A) लेखापरीक्षण B) निजामती कर्मचारीको अभिलख राख्ने C) राजश्व उठाउने D) परराष्ट्र मामिला

    १३) पूर्वदेखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संगठनहरुको भौगालिक अवस्थितिको क्रम कुन ठीक छ?

    A) युरोपियन युनियन, आसियान, सार्क, ओपेक B) आसियान, ओपेक, सार्क, युरोपियन युनियन
    C) आसियान, सार्क, ओपेक, यूरोपियन युनियन D) सार्क, आसिययान, युरोपियन युनियन, ओपेक

    १४) नेपाल सरकारद्वारा घोषणा गरेको मितिको आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो?

    A) मकालु बरुण राष्ट्रिय निकुञ्ज B) बाँके राष्ट्रिय निकुञ्ज C) शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज D) खप्तड राष्ट्रिय निकुञ्ज

    १५) नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अस्वेत व्यक्ति को हुन्?

    A) राल्फ बन्च B) अल्वर्ट जोन लुथिली C) विसप देशमण्ड टुटु D) मार्टिन लुर किङ्ग