चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 756 of 1152
  • 2026-11-21
  • 17:53:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

'पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौं'

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियारमा लैजाने काम रोक्नुपर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारी ल्याउने कुरामा पुरै स्वार्थ बाझिँदै आएको देखिएको उनले बताए। राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको उनको भनाइ छ। 'आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेको समेत उनीहरूको विवादास्पद गतिविधीले देखाएको छ। नत्र अख्तियारकै पूर्वप्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो? बिभिन्न प्रभावमा परेर प्रभावशालीहरुलाई उन्मुक्ती दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुक्ती दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआइबीको खोरमा समेत जाकिदैनथे। त्यसैले स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं,' उनले भने। आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता सॉंठगाँठको भण्डाफोर गर्नुपर्ने उनले बताए।

News by 'पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौं' :