फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा आज रिट दायर गर्ने - Chaitanya News
  • 2026-11-17
  • 19:50:00
  • मंगलबार,मंसिर ०२, २०८३
  • फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा आज रिट दायर गर्ने

    फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा आज रिट दायर गर्ने

    काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले आइतबार सर्वोच्चमा रिट दायर गर्ने भएको छ ।

    ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ सर्वोच्चमा रिट हाल्न लागेको हो ।

    स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय ककनी गाउँपालिकाले गरेको थियो ।

    गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी गराएको थियो । हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेकामा निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापन गरिरहेको छ ।