३० एयर होस्टेज माग गर्दै विज्ञापन आह्वान - Chaitanya News
  • 2026-11-17
  • 19:50:20
  • मंगलबार,मंसिर ०२, २०८३
  • ३० एयर होस्टेज माग गर्दै विज्ञापन आह्वान

    ३० एयर होस्टेज माग गर्दै विज्ञापन आह्वान

    काठमाडौं- नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो।

    रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ।

    योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

    प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन्।