अमेरिकी राष्ट्रपति जो बाइडेन भारत आउने भएका छन् । उनी जी २० शिखर सम्मेलनमा भाग लिन भारत आउन लागेका हुन । सेप्टेम्बर ७ देखि १० सम्म बाइडेन भारतमा रहने छन् । ह्वाइट हाउसले मंगलबार भ्रमणको घोषणा गरेको र यस क्रममा बाइडेनले रुस–युक्रेन युद्धको प्रभावलगायत धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्ने बताइएको छ । ह्वाइट हाउसका अनुसार उनको मुख्य ध्यान गरिबी र जलवायु परिवर्तनसँग जुध्ने चुनौतीसँग लड्न बहुपक्षीय विकास बैंक (एमडीबी) को सुधारमा केन्द्रित हुने छ ।


