चैतन्य राशिफलः कर्कटलाई अवसर अन्य राशिलाई कस्तो फल ? - Chaitanya News
  • 2026-11-19
  • 03:58:50
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कर्कटलाई अवसर अन्य राशिलाई कस्तो फल ?

    चैतन्य राशिफलः कर्कटलाई अवसर अन्य राशिलाई कस्तो फल ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन तपाईका लागि मिश्रित र फलदायी रहनेछ । तपाईं परिवारका सदस्यहरूसँग विवाह, जन्मदिन, नामकरण समारोह आदिमा उपस्थित हुन सक्नुहुन्छ । जीवन साथीको साथ प्रचुर मात्रामा प्राप्त हुने देखिन्छ । परिवारमा झगडाको अवस्था आएमा दुवै पक्षको कुरा सुनेर मात्र निर्णय लिनुहोस् । कुनै कुरामा अपमानको सामना गर्नुपर्ने हुन सक्छ ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन तपाईँका लागि खुसीको दिन रहनेछ । कार्यस्थलमा इच्छा अनुसार काम पाउन सकिनेछ । आमाबाबुसँग धार्मिक यात्रामा जाने योजना बनाउन सक्नुहुन्छ । सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिको मान सम्मानमा वृद्धि हुनेछ । तपाईँले केही अपरिचित व्यक्तिहरूबाट टाढा रहनु पर्छ ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।