अत्तरिया – नेविसंघ त्रिभुवन विश्वविद्यालयका सभापति विष्णु बडैलाले कैलाली क्षेत्र नम्बर ४ मा तीनै तहका सरकार कांग्रेसले जितेकोले अब काम गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले आयोजना गरेको दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बडैलाले नेपाली कांग्रेस यस क्षेत्रका तिनै तहका सरकारमा जितेर बलियो भएकाले अब जनताका दुःख र समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए। ‘यस क्षेत्रमा कांग्रेस बलियो छ, चुनाव हामीले जितेका छौं। अब जनताका दुःख र समस्या समाधान गर्न तर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘कांग्रेसले अब एक भएर अघि बढ्नुपर्छ।’ उनले तीनै तहका सरकारमा कांग्रेसले जितेकाले सबै एक भएर अगाडि बढे यस क्षेत्रका समस्या समाधान हुने बताए। कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको सभापतित्वमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वीर बहादुर बलायर, प्रदेश सभा सदस्य प्रकाश बम, तुल्सी देवकोटा लगायतका कांग्रेसका जिल्ला कार्यसमिति सचिव, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर कार्यसमिति सभापति, नेविसंघ, तरुणदल लगायतका कांग्रेस प्रतिनिधिको उपस्थिति रहेको थियो।


