गगनको चेतावनी- अब निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहने छैन - Chaitanya News
  • 2026-11-19
  • 09:32:04
  • बिहिबार,मंसिर ०४, २०८३
  • गगनको चेतावनी- अब निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहने छैन

    गगनको चेतावनी- अब निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहने छैन

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन्। प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए।

    ‘गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन। कसैले नसोचे हुन्छ,’ उनले भने, ‘हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ।’

    उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए। उनले वाग्मती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए। आफूले सभापतिलाई सोध्नुस् भनेको सुनाए।

    ‘वाग्मती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन्। सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनुभयो। मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,’ उनले भने।