चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1007 of 1151
  • 2026-11-20
  • 19:25:50
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ - सुनको मूल्य यो वर्षकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य गत आठ महिना यताकै उच्च हो । यसअघि गत वैशाख ५ गते प्रतितोला १ लाख २५ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो । साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार भने मूल्य स्थिर थियो । चाँदीको मूल्यमा सामान्य बढोत्तरी छ । चाँदी मंगलवार प्रतितोला १४ सय १० रुपैयाँ भएको छ । तोलामा १० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

News by आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ? :