उपचारका लागि लगिएका युवकले कीर्तिपुर अस्पतालबाट हाम फाले - Chaitanya News
  • 2026-04-26
  • 11:44:06
  • आइतबार,बैशाख १३, २०८३
  •  उपचारका लागि लगिएका युवकले कीर्तिपुर अस्पतालबाट हाम फाले

     उपचारका लागि लगिएका युवकले कीर्तिपुर अस्पतालबाट हाम फाले

    काठमाडाैँ- कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन् । सोमबार राति साढे १० बजे युवक हाम्फालेर घाइते भएका हुन् ।

    बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएकाे को जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो । त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।