आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ? - Chaitanya News
  • 2026-04-26
  • 11:43:14
  • आइतबार,बैशाख १३, २०८३
  • आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ?

    आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ – सुनको मूल्य यो वर्षकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

    यो मूल्य गत आठ महिना यताकै उच्च हो । यसअघि गत वैशाख ५ गते प्रतितोला १ लाख २५ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो ।

    साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार भने मूल्य स्थिर थियो ।

    चाँदीको मूल्यमा सामान्य बढोत्तरी छ । चाँदी मंगलवार प्रतितोला १४ सय १० रुपैयाँ भएको छ । तोलामा १० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।