राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त - Chaitanya News
  • 2026-08-19
  • 15:56:47
  • बुधबार,भाद्र ०३, २०८३
  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी गरिएको बताएका छन्।

    उनले नागरिक न्युजसँग भने, ‘राष्ट्रियसभा सदस्यमा एक जनाको निवार्चन गर्नुपर्ने छ। त्यसपछी हामीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने छौँ। त्यसका लागि कुनै समस्या छैन।’

    राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताए।