चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1109
  • 2026-10-09
  • 09:12:54
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, के छन् कार्यसूची ?

काठमाडौँ– आज (सोमबार) संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। जसअनुसार, प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्। यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने छ यसैगरी, राष्ट्रिय सभाको बैठक अपराह्न १ः १५ बजे बस्ने भएको छ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

News by संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, के छन् कार्यसूची ? :