चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 29 of 1109
  • 2026-10-09
  • 07:01:07
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

७ उपसचिव र एक कृषि प्राविधिक बढुवाका लागि सिफारिस,यस्तो छ सूची

काठमाडौँ– लुम्बिनी प्रदेशमा रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा ८ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेमा प्रदेश सेवातर्फका ७ उपसचिवसहित स्थानीय सेवातर्फका एक कर्मचारी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)स्थित बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन सेवाको सामान्य प्रशासन समूहअन्तर्गत नवौँ तहको उपसचिव (उपनिर्देशक) पदमा ७ जनाको नाम सिफारिस गरेको हो। उपनिर्देशक पदमा बढुवाका लागि सिफारिस हुनेमा शम्भु घिमिरे, कमला पौडेल पोखरेल, मुक्ति प्रसाद पाण्डे, सम्झना सुवेदी, गोविन्द प्रसाद पाण्डे, खगेश्वर घिमिरे र नवराज सुवेदी रहेका छन्। त्यस्तै, स्थानीय सेवातर्फ कृषि सेवाको कृषि प्रसार समूहअन्तर्गत पाँचौँ तहको कृषि प्राविधिक पदमा महेन्द्र यादव बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिले प्रदेश निजामती सेवा ऐन तथा स्थानीय निजामती सेवा ऐनमा भएको व्यवस्थाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरेको हो। प्रदेश लोक सेवा आयोग, बुटवलबाट प्रकाशित बढुवा सम्बन्धी सूचनाका आधारमा रिक्त पदमा समितिको निर्णयअनुसार कर्मचारीहरूको नाम सिफारिस गरिएको सचिवालयले जनाएको छ। यससँगै लुम्बिनी प्रदेशमा प्रदेश प्रशासन सेवाको नवौँ तहमा ७ जना उपसचिवको बढुवा प्रक्रिया अघि बढेको छ भने स्थानीय सेवातर्फ एक कृषि प्राविधिकको समेत बढुवा सिफारिस भएको छ।

News by ७ उपसचिव र एक कृषि प्राविधिक बढुवाका लागि सिफारिस,यस्तो छ सूची :