1.सलिका,पोटासियम कार्बोनेट र क्याल्सियम कार्वोनेट तताउँदा कुन काँच बन्छ ?
A. साधारण B. कडा C. वाटर D. नरम
2. प्रेस स्वतन्त्रता सूचक–२०२६ मा नेपाल कति औं स्थानमा रहेको छ ?
A. १०० औं B. १०५ औं C. ९५ औं D. ८७ औं
3.मौलिक हक र धारा बीच दिइएका जोडाहरु कुन गलत छ ?
1. शोषण विरुद्धको हक- २१
2. समानताको हक – १८
3. यातना विरुद्धको हक – २२
4. भाषा तथा संस्कृतिको हक- २८
माथि दिईएका जोडाहरु मध्ये कुन कुन गलत छन् ?
A. 2 र 3 गलत B) 1 र 4 गलत C) 2 र 4 गलत D. सबै गलत
4. नेपाल सरकारद्वारा सार्वजनिक शिक्षाको दशकको रुपमा कुन अवधिलाई घोषणा गरेको छ ?
(A) २०७६(२०८५ (B) २०७६(२०८६ (C) २०७५(२०८५ (D) २०७७(२०८६
5. संयुक्त राष्ट्र संघका प्रथम चार महासचिवहरुको क्रमश ः मिलाउँनुहोस् ।
A. ट्रिग्वेली, उथान्त, ड्याग ह्यामरशोल्ड र कुर्तवाईल्ड हाईम
B. ट्रिग्वेली, ड्याग ह्यामरशोल्ड, उथान्त र कुर्तवाईल्ड हाईम
C. ट्रिग्वेली, ड्याग ह्यामरशोल्ड, कुर्तवाईल्ड हाई र उथान्त
D. ट्रिग्वेली, कुर्तवाईल्ड हाईम, उथान्त र ड्याग ह्यामरशोल्ड
6. Choose the odd one out
A. Skull B. Appendix C. pelvis D. Fibula
7. 7 मि.,3 मि. 85 से.मि. तथा 12 मि.95 से.मि.लम्बाईहरुको यथार्थ मापन गर्नको लागि कति अधिकतम लम्बाईको स्केल प्रयोग गर्न सकिन्छ ?
A) 15 CM B) 25 CM C) 35 CM D) 42 CM
8. तल दिईएका शब्दलाई अर्थपूर्ण ढंगले तार्किक सिलसिलामा मिलाउनुहोस् र दिइएको कोड प्रयोग गरी सही क्रम चयन गर्नुहोस् ।
(1) Transport (2) Translate (3) Transition (4) Transplant (5) Transmit
A. 3-2-4-5-1 B. 1-4-5-2-3 C. 3-2-5-1-4 D. .1-4-5-3-2
9.A र B को औसत उमेर 30 वर्ष, B र C को औसत उमेर 32 वर्ष र C र A को औसत उमेर 34 वर्ष रहेको छ भने C को उमेर कति हो ?
A. 33 वर्ष B. 34 वर्ष C. 35 वर्ष D. 36 वर्ष
10. यदि PROMOTION को कोड QSP89 हुन्छ भने DEMOTION को कोड के हुन्छ ?
A. EF89 B. EG98 C. EG89 D. EF98
11.Stockholm Water Prize,2025 पुरस्कार कसलाई प्रदान गरिएको छ ?
A) Prof. Taikan Oki B) Professor Günter Blöschl
C) Alok Shukla D) Murrawah Maroochy Johnson
12.संयुक्त राष्ट्र संघको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
A. कम्बोडिया B. नर्वे C. इन्डोनेसिया D. मलेसिया
13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार देश
a. ईलेक्ट्रोन 1. व्रिटेन
b. रेडियम 2. पोल्याण्ड
c. क्यामेरा 3. फ्रान्स
d. व्यारोमिटर 4. ईटाली
A) a1,b3,c2,d4 B) a3,b1,c2,d4 C) a2,b1,c3,d4 D) a1,b2,c3,d4
14.’Prince of Experiment’ भनेर कसलाई चिनिन्छ ?
A) आर्किमिडिज B) डार्बिन C) आइन्स्टाईन D) माइकल फराडे
15.’Urban Sprawl” भन्नाले के बुझिन्छ ?
A. बसाई सराईको एक प्रवृत्ति B. ग्रामिण विकासको नयाँ मोडेल
C. गाउँ र शहर बीच विभेद D. माथिको कुनै पनि होइन्
16. निम्न मितिका फाइलहरुलाई पछिल्लो मितिको क्रम (Order) अनुसार मिलाउनुहोस् र उपयुक्त विकल्प रोज्नुहोस् ।
a. 13 July 2023b. 17 August 2023
c. 27 November 2022.
d. 11 July 2023
e. 10 September 2022
A. a – b – c – e – d B. b – e – c – a – d
C. c – a – b -d – e D. b – a – d – c – e
17. If ± means ÷, ÷ means -, – means ×, × means ±, then
12 + 6 ÷ 3-2 × 8 =?
A. –2 B. 2 C. 4 D. 8
18.प्रश्न चिन्ह (?) भएको स्थानका कुन अंकले प्रतिस्थापन गर्दछ ?
3, 10, 101, ?
A. 10101 B. 10201 C. 10202 D. 11012
19.बाबुको उमेर हाल छोराको भन्दा 24 वर्ष बढी छ । 2 वर्ष पछि बाबुको उमेर छोराको भन्दा दोब्बर हुनेछ भने हाल बाबुको उमेर कति छ ?
A. 48 B. 46 C. 52 D. 42
20.कुनै परीक्षामा 480 जना परीक्षार्थीहरूमध्ये 85% केटीहरू र 70% केटाहरू पास भए । यदि 75% विद्यार्थीहरू पास भएका छन् भने कति जना केटाहरू परीक्षामा उपस्थित भएका थिए ?
A. 370 B. 340 C. 320 D. 300
1. A 11. B
2. D 12. C
3. B 13. D
4. A 14. D
5. B 15. A
6. B 16. D
7. C 17. C
8. B 18. C
9. D 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 44