चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1060 of 1111
  • 2026-10-11
  • 22:03:58
  • आइतबार,आश्विन २५, २०८३

About Author

आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडौं- मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले यही असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको आज जारी गरेको सूचनामा उल्लेख छ। आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको छ।

News by आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित) :