आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित) - Chaitanya News
  • 2026-04-17
  • 17:24:30
  • शुक्रबार,बैशाख ०४, २०८३
  • आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

    आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

    काठमाडौं- मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

    आयोगले यही असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको आज जारी गरेको सूचनामा उल्लेख छ।

    आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको छ।