चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1111
  • 2026-10-12
  • 00:23:17
  • आइतबार,आश्विन २५, २०८३

About Author

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो तर अहिले सम्म केही गरेको छैन : महामन्त्री थापा

  काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरेका छन्। आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनले बताए। ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो। सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन।’ सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए। ‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो।’  

News by ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो तर अहिले सम्म केही गरेको छैन : महामन्त्री थापा :