एमाले नेता गंगाराम यादव जसपामा प्रवेश - Chaitanya News
  • 2026-06-03
  • 00:13:32
  • मंगलबार,जेठ १९, २०८३
  • एमाले नेता गंगाराम यादव जसपामा प्रवेश

    एमाले नेता गंगाराम यादव जसपामा प्रवेश

    जनकपुरधाम– नेकपा एमालेको राजनीतिक सल्लाहकार समितिका सदस्य गंगाराम यादव जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन्।

    नेपाली बाबा भनेर चिनिने यादव बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहामा जसपा अध्यक्ष उपेन्द्र यादवसँग टिका लगाएर पार्टी प्रवेश गरे। धनुषाको क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश गरे लगतै यादवले पार्टी त्यागेको घोषणा गरेका थिए।