चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-05
  • 12:45:31
  • सोमबार,आश्विन १९, २०८३

About Author

कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीमा थपियो वरिष्ठ उपसभापति पद

काठमाडौँ– नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ। यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश गरिएको थियो। १५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारी संख्या बढाउनुका साथै वरिष्ठ उपसभापति पदसमेत थप्ने तयारी गरेको हो । महाधिवेशनको बन्दसत्रले पारित गरेपछि यो व्यवस्था लागु हुनेछ। पार्टीभित्र पदाधिकारीमा आकाङ्क्षी बढेपछि पदाधिकारीको संख्याका साथै पदसमेत थप गरिएको हो।

News by कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीमा थपियो वरिष्ठ उपसभापति पद :