चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1104
  • 2026-10-06
  • 15:00:53
  • मंगलबार,आश्विन २०, २०८३

About Author

सेयर बजार ६ अंकले घट्यो, एक अर्ब ९३ करोडको कारोबार

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अंकले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अंकले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित भएको छ। नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ। कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। बैंकिङ पाँच दशमलब ३१, व्यापार ३१ दशमलब ८७, होटल तथा पर्यटन ११ दशमलब ६३, विकास बैंक सात दशमलब ६१, जलविद्युत् १२ दशमलब ३५, वित्त १६ दशमलब १५, निर्जीवन बीमा ७५ दशमलब ८२, अन्य चार दशमलब ६६, लघुवित्त १५ दशमलब ५१, जीवन बीमा नौ दशमलब ७३ र सामूहिक लगानी कोष शून्य दशमलब एक अंकले ओरालो लागेको छ। त्यस्तै, उत्पादन २७ दशमलब एक र लगानी शून्य दशमलब ४७ अंकले उकालो लागेको छ। आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ। कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कोषको १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो। त्यस्तै, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९ दशमलब ९७, युनिलिभर नेपाल चार दशमलब ३०, सिटिजन म्युचुअल फण्ड चार, विन नेपाल लघुवित्त तीन दशमलब ५२ र उपकार लघुवित्तका लगानीकर्ताले दुई दशमलब ८२ अंकले कमाएका छन्। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलब ९९, हिमालयन पावर पार्टनर तीन दशमलब ७२, गुडबिल फाइनान्स तीन दशमलब ४५, सिद्धार्थ इक्विटी फण्ड तीन दशमलब ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले गुमाएका छन्।

News by सेयर बजार ६ अंकले घट्यो, एक अर्ब ९३ करोडको कारोबार :