प्रधानन्यायाधीशबिरुद्ध महाभियोग दर्ता गराएर सरकार सुतेको सुत्यै : नेम्वाङ - Chaitanya News
  • 2026-04-19
  • 14:49:17
  • आइतबार,बैशाख ०६, २०८३
  • प्रधानन्यायाधीशबिरुद्ध महाभियोग दर्ता गराएर सरकार सुतेको सुत्यै : नेम्वाङ

    प्रधानन्यायाधीशबिरुद्ध महाभियोग दर्ता गराएर सरकार सुतेको सुत्यै : नेम्वाङ

    ताप्लेजुङ– नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार कामचलाउ भइसकेको टिप्पणी गरेका छन्।

    मंगलबार ताप्लेजुङमा आयोजित कार्यकता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चुनावको निर्वाचन मिति घोषणा भइसकेको र असोजमा उम्मेदवारी दिने भएकाले संसद नै नरहदा सरकार कामचलाउ भइसकेको बताए।

    त्यस्तैगरी उपाध्यक्ष नेम्वाङले झुलाएर राख्न सर्वोच्चको प्रधानन्यायाधीशमाथि महाभियोगको नाटक गरिरहेको समेत आरोप लगाएका छन्।

    ‘निर्वाचनमा गएपछि छानबिन समितिका सदस्य नै रहँदैनन्। प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र छानबिनको नाटक रचियो,’ उनले भने, ‘प्रधानन्यायाधीशलाई छापामार शैलीमा महाभियोग लगाइयो। गत फागनु १ मा महाभियोग दर्ता गराएर सरकार सुतेको सुत्यै भयो। प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र महाभियोग लगाइयो।

    उनले सत्तासाझेदार दलहरूले प्रतिपक्षलाई अप्रजातान्त्रिक रूपमा घेराबन्दी गरेको गरेको बताए।

    उपाध्यक्ष नेम्वाङले सरकारबाट प्रतिपक्षीलाई घेराबन्दी गरेर प्रजातन्त्र अपमान गरेको पनि टिप्पणी गरेका छन्। रक्षा नहुने टिप्पणी पनि गरेका छन्।