देउवा भेट्न बाबुराम पुगे बालुवाटारमा - Chaitanya News
  • 2026-04-21
  • 17:12:44
  • मंगलबार,बैशाख ०८, २०८३
  • देउवा भेट्न बाबुराम पुगे बालुवाटारमा

    देउवा भेट्न बाबुराम पुगे बालुवाटारमा

    काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन्। भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।

    छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन्। जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ। गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो।