काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले आगामी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणाम अनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा उल्लेख गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भुमिकाको पनि कदर हुनुपर्ने बता ।
उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भुमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए। उनले सिट बाँडफाँटका बारेमा शुरुमा धेरै वहस भए पनि निस्कर्ष सहजै निस्किने दाबी गरे।
ुशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ । गठबन्धनलाई यहाँसम्म पुर्याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ। गठबन्धनमा धेरै छलफल गर्छौं तर निष्कर्षमा सहजै पुग्छौँ।
उनले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यकता रहेको बताए। उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसावले पार्टी आगामी निर्वाचनमा होमिने बताए।