चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1107
  • 2026-10-08
  • 05:28:34
  • बुधबार,आश्विन २१, २०८३

About Author

नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ। राष्ट्रिय समितिको सोमबार बसेको आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए। वार्तामा जाने निर्णय भएपनि कुन समयमा मन्त्रालयमा जाने भन्ने अझै समय यकिन नभएको उनले बताए। ‘वार्ता तथा छलफलका लागि आज नेपाल शिक्षक महासंघको समन्वयमा बसेको बैठकले ७ सदस्यीय वार्ताका लागि समिति गठन भएको छ’ उनले भने। परिषद्ले विभिन्न मागहरू राख्दै भदौ १२ गतेदेखि १८ गते अर्थात एक साता सामुदायिक विद्यालय बन्द आह्वान गरेको थियो। यही आह्वान ऐक्यबद्धता जनाउँदै आइतबार केही स्थानीय तह, विद्यालयले बन्द गरेको थियो। परिषद्ले आफ्नो आह्वान विपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी पनि दिएको थियो। बन्द कार्यक्रम भएपछि शिक्षा मन्त्रालयले आइतबार विद्यालय बन्दको कार्यक्रम स्थगित गरी वार्तामा आउन परिषदलाई पत्र काटेको थियो। मन्त्रालयले विद्यालय कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित मागहरू कार्य सूचीमा समावेश गरिएको जनाएको छ। त्यस्तै, अन्य ज्ञापनपत्रमा राखिएका मागहरू विषयमा वार्तामा बसी छलफल गरिने मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए।  

News by नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने :