सल्यानमा दिदी–बहिनलाइ बलात्कार गर्ने एक जना पक्राउ - Chaitanya News
  • 2026-04-21
  • 11:02:13
  • मंगलबार,बैशाख ०८, २०८३
  • सल्यानमा दिदी–बहिनलाइ बलात्कार गर्ने एक जना पक्राउ

    सल्यानमा दिदी–बहिनलाइ बलात्कार गर्ने एक जना पक्राउ

    सल्यान– सल्यानमा दिदी–बहिनी नाता पर्ने दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका–४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बिहे गर्ने प्रलोभनमा पारी गिरी र थापाले दिदी(बहिनी नाता पर्ने दुई किशोरीलाई स्थानीय त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाएर रातभर बलात्कार गरेका थिए।

    भदौ ८ गते राति १० बजेतिर उनीहरूले दुई किशोरीलाई बिहेको प्रलोभनमा पारी ललाई–फकाई विद्यालयमा बोलाएर दुबै जनालाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। २० वर्षीय मेघराज थापा भने फरार छन्। उनीविरूद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेको छ।

    त्यसपछि उनीहरूले भदौ ९ गते ती दुई जनालाई बिहे गरेर घर लैजान्छौं भन्दै दिनभर जंगलमा राखेका थिए। त्यही क्रममा उनीहरू एकाएक फरार भएपछि पीडितले प्रहरीमा गएर जाहेरी दिएका थिए।

    भदौ १० गतेको जाहेरीपछि फरार भएकामध्ये गिरीलाई प्रहरी पक्राउ गर्न सफल भए पनि थापाको खोजी कार्य जारी रहेको खनालले बताए।

    पक्राउ परेका गिरीमाथि थप अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप भइसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।