अवैध संरचना भत्काउन आफैँ सडकमा उत्रिएका मेयर डोजर चलाउन छोडेर पुगे त्रिचन्द्र - Chaitanya News
  • 2026-06-05
  • 18:49:54
  • शुक्रबार,जेठ २२, २०८३
  • अवैध संरचना भत्काउन आफैँ सडकमा उत्रिएका मेयर डोजर चलाउन छोडेर पुगे त्रिचन्द्र

    अवैध संरचना भत्काउन आफैँ सडकमा उत्रिएका मेयर डोजर चलाउन छोडेर पुगे त्रिचन्द्र

    काठमाडौं– काठमाडौंका अवैध संरचना भत्काउन आफैँ सडकमा उत्रिएका मेयर बालेन्द्र साह आज त्रिचन्द्र बहुमुखी क्याम्पसको वार्षिकोत्सव समारोहमा सहभागी हुने भएका छन्।

    १०५औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनलाई आयोजकले विशिष्ट अतिथिका रुपमा निम्तो गरेको हो। क्याम्पस प्रमुख सुनिल अधिकारीको सभापतित्वमा भर्खरै कार्यक्रम शुरु भएको छ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन कुसुम शाक्य र काठमाडौँकी उपमेयर सुनिता डंगोललगायतको उपस्थिति छ। त्यस्तै,त्रिविका प्राडा विनिल अर्यालसहित त्रिचन्द्रमा अध्ययनरत विद्यार्थी,कर्मचारी, प्राध्यापकलगायत झण्डै डेढ सयले कार्यक्रममा सहभागिता जनाएका छन्।