चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1077 of 1107
  • 2026-10-08
  • 05:52:13
  • बिहिबार,आश्विन २२, २०८३

About Author

डेंगु नियन्त्रण गर्न तीनै तहका सरकारको सक्रियता आवश्यक : कांग्रेस नेता महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशभर डेंगुको संक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नयाँ बानेश्वर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले डेंगु तीव्र गतिमा फैलिरहेकाले यसको नियन्त्रणमा तीनै तहका सरकार सक्रियताका साथ जुट्नु पर्ने बताए। देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको खबरले आम जनतामा त्रास पैदा हुँदै गइरहेको छ। कैलालीमा त एक जनाले ज्यानै गुमाएको समाचार पनि आयो। यस्तो अवस्थामा तीनै तहका सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्छ, महर भन्छन्। डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको र एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलँदै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। डेंगु संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकार र राजनीति दलहरूले सम्पूर्ण तागत प्रयोग गर्न आवश्यक छ। नत्र यसले भयावह रूप नलेला भन्न सकिँदैन, उनले भने। तीनै तहका सरकार जनताको स्वास्थ्यमा सधैँ जिम्मेवार र गम्भीर रहनु पर्ने उनको भनाइ छ।

News by डेंगु नियन्त्रण गर्न तीनै तहका सरकारको सक्रियता आवश्यक : कांग्रेस नेता महर :