चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1061 of 1111
  • 2026-10-10
  • 14:51:04
  • शनिबार,आश्विन २४, २०८३

About Author

विदेशीसँग संवाद गर्दा हामी लतारिनु हुँदैन : पूर्वमन्त्री पाण्डे

काठमाडौं- पूर्वमन्त्री एवं कुटनीति र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार डा. रमेशनाथ पाण्डेले विदेशीसँग नेपाली नेताहरूले समान हैसियतमा कुरा गर्नसक्नु पर्ने बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन र समृद्धि विषयक सेमिनारको भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धि सेसनमा बोल्दै पाण्डेले विदेशीसँग कुरा गर्दा हाम्रा नेताहरू लतारिने गरेको टिप्पणी गरे। 'हामीले आत्मसम्मान गुमाएका छौं। विदेशीसँग कुरा गर्दा समान हैसियतमा बसेर कुरा गर्दैनौं। हामी लतारिन्छौं। हाम्रा पूर्खाले आत्मसम्मान र गौरव गर्ने कुरा दिएका गएका छन्। हामीले आत्मसम्मानबाट डिल गर्नुपर्छ। लतारिनु हुँदैन,' उनले भने। उनले आत्मसम्मान र आत्मगौरव तथ्यगत हुनुपर्ने बताए। त्यसका लागि अध्ययन आवश्यक हुने उनको भनाइ छ। यसका साथै पराराष्ट्र नीति राष्ट्रिय स्वार्थ भएको र त्यो कहिले परिवर्तन नहुने उनले बताए। विधि परिवर्तन भए पनि नीति परिवर्तन नहुने उनी बताउँछन्। 'हाम्रो देशमा प्रत्यक सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सुदृढिकरणका लागि नीति बनाउने भन्दै समिति गठन गरिरहेको हुन्छ। अन्य शक्तिशाली मुलुकले त्यस्तो गर्दैनन्। नेताहरूले नीति नभएर विधि परिवर्तन हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। देशको समृद्धिमा अन्तराष्ट्रिय सम्बन्ध महत्वपूर्ण हुने पाण्डेले बताए। नेपालको स्थायीत्वका लागि पनि दिगो अन्तर्राष्ट्रिय सम्बन्धको अपरिहार्यता रहेको उनी बताउँछन्। राज्यका सबै संयन्त्र बलियो हुँदा सरकार परिवर्तनले पनि समृद्धिमा कुनै असर नगर्ने पाण्डे बताउँछन्। 'राज्यका सबै संयन्त्र बलिया हुँदा सरकार कति दिनमा फेरियो भन्ने कुराले अर्थ राख्दैन। मुलुक आफैँ कानुन संवत सञ्चालन भइरहेको हुन्छ,' उनले भने। नेपालमा कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्ने र न्यायपालिकाले कार्यपालिकासँग भाग खोज्ने प्रवृतिका कारण मुलुक कमजोर बन्ने उनी बताउँछन्। यसले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पार्ने पाण्डेको भनाइ छ। मुलुक कमोर बन्दा बाह्य शक्तिले चलखेल गर्ने पाण्डेले बताए। यसबाट जोगिनु नै नेपालका लागि अहिले चुनौतिपूर्ण रहेको पाण्डे बताउँछन्। 'नेपाल जस्तो सामरिक मुलुकले आफ्नो भूमि गलत प्रयोग गर्न दिनु हुँदैन। यसले राष्ट्रको समृद्धिमा ठूलो असर गर्छ', उनले भने।

News by विदेशीसँग संवाद गर्दा हामी लतारिनु हुँदैन : पूर्वमन्त्री पाण्डे :