काठमाडौं- नीति तथा अनुसन्धान परिषदकी वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालले सुशासन, समृद्धि र आर्थिक विकाशको एतिहासिक परिवर्तनका लागि राजयका सबै निकाय सक्रिय हुनुपर्ने धारणा राखेकी छन्।
चैतन्यद्वारा आयोजित सुशासन र समृद्धि विषयक सेमिनारको दोस्रो दिनको कार्यक्रममा आफ्नो धारणा राख्दै खनालले अन्य समृद्ध मलुकको विकास ढाँचा हेरेर नेपालले पनि राम्रा कुराको अनुसरण गर्नुपर्ने बताइन्। ‘हाम्रो मुलुकका लागि राम्रो के हुनसक्छ। बाह्य मुलुकको विकास ढाँचा हेरेर हामीले त्यसलाई अनुसरण पनि गर्न सक्छौं,’ उनले भनिन्।
जनतानप्रति जवाफदेही र उत्तरदायी सरकारले मात्रै मुलुकमा परिवर्तन ल्याउन सक्ने खनाल बताउँछिन्। यसका साथै प्रशासनको सरलीकरण पनि विकासको सूचक भएको उनी बताउँछिन्।
आजका विकसित मुलुकले विकासको चरणमा औधोगिकरण र प्रवृद्धिको प्रयोगमा विशेष जोड् दिइएको उनले बताइन्। ‘अहिले नेपालले पनि प्रविधिको प्रयोग गर्दै औद्योगिक नीतिमा जोड दिनुपर्छ। आफ्नो कला, संस्कृतिलाई माथ राखेर राज्यले बजेट निर्माणमा समेत औद्योगीकरणमा जोड दिनुपर्छ,’ खनाल भनिन्छ।
संस्थागत विकासले मात्रै लुकुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताइन्। संस्थागत गुणस्तर अभिवृद्धिले आर्थिक वृद्धि हासिल हुने खनालको भनाइ छ।
नेपालमा आर्थिक समृद्धि हासिल गर्न सिमान्तकृत र पिछडिएको समूदायलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक रहेको उनले बताइन्। ‘कृषि क्षेत्रको रुपमान्तरण हुन आवश्यक छ। मल कारखाना आवश्यक छ। हामीले कृषि उद्यमशीलतालाई अघि बढायौं भने विदेशीयका युवा पनि स्वदेशमै स्वरोजगार बन्न सक्थे,’ उनले भनिन्। यसका साथै पूर्वाधारमा पनि लगानी हुन आवश्यक रहेको उनले बताइन्। यति गर्दा नेपालले सहजै आर्थिक समृद्धि हासिल गर्ने धारणा राखेकी छन्।