काँग्रेस सभापतिमा गगन थापा निर्वाचित - Chaitanya News
  • 2026-10-11
  • 16:43:14
  • आइतबार,आश्विन २५, २०८३
  • काँग्रेस सभापतिमा गगन थापा निर्वाचित

    काँग्रेस सभापतिमा गगन थापा निर्वाचित

    काठमाडौँः नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन्।

    निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा खड्गीले ३ सय ७५ मत पाएका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

    थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए। पछिल्लो निर्वाचनबाट पनि उनी काँग्रेस सभापतिमा निर्वाचित भएका छन्।