चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1058 of 1111
  • 2026-10-11
  • 19:03:55
  • आइतबार,आश्विन २५, २०८३

About Author

समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष प्रचण्ड

काठमाडौं, असोज ९ ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्। आइतबार अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए। उनले भने, 'उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो। यसमा मैले सङ्गठनमा बस्ने मिल्छ। निर्वाचन लड्न पनि मिल्छ भनेको छु।' पूर्वसेनाको सङ्गठनमा बसेरसमेत काम गर्नसक्ने उनको भनाइ थियो। कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए। तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्। पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ।

News by समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष प्रचण्ड :