फुटसल प्रतियोगिताको क्वालिफायर–४ मा बाल्मिकी विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो - Chaitanya News
  • 2026-11-18
  • 23:12:22
  • बुधबार,मंसिर ०३, २०८३
  • फुटसल प्रतियोगिताको क्वालिफायर–४ मा बाल्मिकी विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो

    फुटसल प्रतियोगिताको क्वालिफायर–४ मा बाल्मिकी विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो

    धनगढी- चैतन्य पाठशालामा जारी फुटसल प्रतियोगिताअन्तर्गत क्वालिफायर–१ को खेलमा नास्टलाई पाराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ।

    क्वालिफायर चरणका खेलसँगै प्रतियोगिता थप रोमाञ्चक बनेको छ। अब क्वालिफायर–३ मा सुदूर भेदा र स्टेपिङ स्टोन अब एकआपसमा सामना गर्नेछन् ।

    कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

    त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।