साहित्यकार रामलाल जोशीसँग चैतन्य संवाद - Chaitanya News
  • 2026-04-17
  • 22:36:59
  • शुक्रबार,बैशाख ०४, २०८३
  • साहित्यकार रामलाल जोशीसँग चैतन्य संवाद

    साहित्यकार रामलाल जोशीसँग चैतन्य संवाद

    धनगढी- कैलालीको धनगढी रहेको चैतन्य पाठशालाले मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कृति बाआमामाथि संवाद गरेको छ।

    विभिन्न क्षेत्रमा चैतन्य संवाद गर्दै आएको एकेडेमीले शुक्रबार जोशीको आख्यान बाआमामाथि संवाद गरेको हो। ‘पितृ देवो भव: मातृ देवो भव:’ विषायक संवाद कार्यक्रममा जोशीको कृतिमाथि चर्चा गरिएको थियो।

    बाआमाको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त कृतिले पछिल्लो समय राम्रो चर्चा बटुली रहेको छ। कार्यक्रममा जोशीले बाआमाका बारेमा चैतन्यका विद्यार्थीसँग संवाद गरेका थिए।

    ‘मैले ११ वर्षको उमेरमा कखरा बढ्न सुरु गरेको हुँ। जीवन भनेको संघर्ष हो। सधैँ संघर्ष गर्दै आफ्नो लक्ष्यमा अघि बढे एक दिन अवश्य सफलतामा पुगिन्छ,’ जोशीले भने। उनले विद्यार्थीहरूलाई तनमनका साथ अध्ययन गर्न सुझाव दिएका थिए।

    विद्यार्थीहरूमा देशको सुन्दर भविश्य लुकेको हुने बताउँदै जोशीले एकेडेमीले गर्ने यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताए। उनले बाआमा कृति १० दिनमै १० हजार प्रति विकृ भएको भन्दै खुसी व्यक्त गरेका थिए। जोशीले १० दिनमै बाआमाको दोस्रो संस्करण बजारमा आएको उल्लेख गरे।

    पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोशीलाई सम्मानसमेत गरिएको थियो।