चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1067 of 1104
  • 2026-10-06
  • 19:59:11
  • मंगलबार,आश्विन २०, २०८३

About Author

बालुवाटारमा कार्यदलको बैठक सुरु

काठमाडौंं– गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक सुरु भएको छ। बुधबारको बैठकलाई निर्णायक भनिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको कार्यदलका एक सदस्यले जानकारी दिए। बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ। तर कार्यदलमा सिट संख्यामा भागबण्डा कसलाई कति भनेर प्रस्ट भैनसकेपनि भएका सहमतिलाई समेटेर प्रतिवेदन बनाउने तयारी छ। बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ मध्ये आधा संख्यामा सहमति भएको नेताहरुले बताएका थिए। मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो। तर कार्यदलमा दलका नेताहरुले कसले कति सिट लिनेदिने भन्ने ठोस बटमलाइन नबनाएकाले र छलफल समेत त्यो ढंगले नभएकाले भागबण्डा मिलाउन पुनः शीर्ष नेतालाई नै जिम्मा दिने तयारी भएको बुझिएको छ।      

News by बालुवाटारमा कार्यदलको बैठक सुरु :