चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 896 of 1155
  • 2026-11-23
  • 14:39:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो

काठमाडौं-  साताको चौथो दिन बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो । तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ४० रूपैयाँले बढेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

News by सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो :