सिक्किममा हिउँ पहिरोमा परी सात जना पर्यटको मृत्यु - Chaitanya News
  • 2026-05-22
  • 15:26:00
  • शुक्रबार,जेठ ०८, २०८३
  • सिक्किममा हिउँ पहिरोमा परी सात जना पर्यटको मृत्यु

    सिक्किममा हिउँ पहिरोमा परी सात जना पर्यटको मृत्यु

    एजेन्सी- भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ ।

    हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं जना फसेका छन् । पहिरोमा आधा दर्जन बढी सवारी साधनहरु पुरिएको र नाथुला भन्ज्याङलाई सिक्किमको राजधानी गान्तोकसँग जोड्ने जवाहरलाल नेहरु राजमार्ग अवरुद्ध भएको छ ।

    हिउँ पहिरोमा फसेका कम्तिमा दुई दर्जन पर्यटकलाई सेनाले उद्धार गरेको छ । तर, अहिले पनि ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक हिउँमा फसेको सिक्किम सरकारले जनाएको छ ।

    खराब मौसमका कारण नाथुलामा जान रोक लगाईएको भए पनि पर्यटकहरुले टुर गाइडहरुलाई जबर्जस्ती त्यहाँ लगेको पनि सिक्किम सरकारको भनाइ छ ।

    भारतीय सेनाले मंगलबार साँझ परेपछि रोकेको उद्धार कार्य बुधबार पुनः सुरु गर्ने बताएको छ ।