सिक्टा सिँचाइ आयोजना प्रकरण : पूर्वमन्त्री पाण्डेलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन - Chaitanya News
  • 2026-07-03
  • 20:04:26
  • शुक्रबार,आषाढ १९, २०८३
  • सिक्टा सिँचाइ आयोजना प्रकरण : पूर्वमन्त्री पाण्डेलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन

    सिक्टा सिँचाइ आयोजना प्रकरण : पूर्वमन्त्री पाण्डेलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन

    काठमाडौं – सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको छ ।

    करिब २ अर्बको सो भ्रष्टाचार मुद्दामा विशेषले पूर्वमन्त्री एवं राप्रपाका सांसद तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने निर्णय गरेसँगै सो निर्णय बदरको माग राखी अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो ।

    राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको तर, विशेष अदालतले प्रमाणको मूल्यांकन नै नगरी अभियोगबाट सफाइ दिएकाले सो फैसला त्रुटीपूर्ण भएको अख्तियारको पुनरावेदनमा उल्लेख छ ।

    अख्तियारले मंगलबार दर्ता गराएको पुनरावेदनमा पाण्डेसहित तत्कालीन जिम्मेवार पदाधिकारीले अनियमितता गरेको दाबी गरिएको छ । विशेष अदालतले ५ असार २०७९ मा पाण्डेलाई सफाइ दिएको थियो ।