सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो - Chaitanya News
  • 2026-05-02
  • 00:26:42
  • शुक्रबार,बैशाख १८, २०८३
  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो

    सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज दुई हजारले बढ्यो

    काठमाडौं-  साताको चौथो दिन बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

    तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ४० रूपैयाँले बढेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।