गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ? - Chaitanya News
  • 2026-10-28
  • 08:49:20
  • बुधबार,कार्तिक १२, २०८३
  • गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

    गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

    काठमाडौं-  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ थालिएको लामिछानेविरुद्धको नागरिकता मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

    दिनभरको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरे ।

    सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे । लामिछाने पक्षका कानुन व्यवसायीले रिट निवेदन सार्वजनिक सरोकारको विषय नभएको दाबी समेत गरे ।

    नेपाली हुन् भन्ने तथ्यमा विवाद देखिएको बहसमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय राज्यलाई जानकारी नगराएको अर्थात् कानुनअनुसार प्रक्रियागत रूपमा नयाँ नागरिकता लिनुपर्ने विपक्षी कानुन व्यवसायीको जिकिर छ। देशको नागरिकता नै नभएका व्यक्ति कसरी मन्त्री बन्न सक्छन् ? भन्ने मुख्य प्रश्न बनाइएको छ।