राष्ट्रपतिले आज वसन्त श्रवण गर्दै - Chaitanya News
  • 2026-09-06
  • 17:37:57
  • आइतबार,भाद्र २१, २०८३
  • राष्ट्रपतिले आज वसन्त श्रवण गर्दै

    राष्ट्रपतिले आज वसन्त श्रवण गर्दै

    काठमाडौँ – वसन्त पञ्चमीअन्तर्गत आज काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण हुँदैछ। वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ।

    वसन्त श्रवणको समय बिहान १०ः४७ बजे रहेको छ। वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ,मन्दिरमा पूजाआजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो लाग्ने गर्छ।