माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै - Chaitanya News
  • 2026-05-11
  • 04:01:40
  • आइतबार,बैशाख २७, २०८३
  • माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै

    माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं-  सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज स्थायी कमिटी बैठक बोलाइएको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम–कारबाही, पार्टी संगठन चलाएमान बनाउने बारेमा छलफल हुने कार्यक्रम तय भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री बनेपछि पार्टीका बाँकी काम अगाडि बढ्न नसकेकोले अरुलाई जिम्मेवारी दिनुपर्ने पार्टीभित्र बहस चलेको छ ।

    आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।