काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको अर्को पेसी शुक्रबारको लागी तोकिएको छ।
बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आउँदो शुक्रबारका लागि अर्को पेसी तोकिएको हो। बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दै’मा राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए भने सरकारका तर्फबाट एक सहन्यायाधिवक्ता र लामिछानेका तर्फबाट दुईजनाले बहस गरेका थिए।