प्रेम आचार्यले जस्तै पीडा लाखौं युवाहरूले भोगिरहेका छन् : प्रदीप पौडेल - Chaitanya News
  • 2026-05-11
  • 04:02:15
  • आइतबार,बैशाख २७, २०८३
  • प्रेम आचार्यले जस्तै पीडा लाखौं युवाहरूले भोगिरहेका छन् : प्रदीप पौडेल

    प्रेम आचार्यले जस्तै पीडा लाखौं युवाहरूले भोगिरहेका छन् : प्रदीप पौडेल

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आत्मदाहको घटना राज्यले आफ्ना नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटना भएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रेम आचार्यले जस्तै पीडा यहाँ लाखौं युवाहरूले भोगिरहेकोसमेत लेखेका छन्।

    ‘आत्मदाहको घटना राज्यले आफ्ना नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटना हो। प्रेम आचार्यले जस्तै पीडा यहाँ लाखौं युवाहरूले भोगिरहेका छन्,’ उनले लेखेका छन्, ‘आफ्नो जीवनमा तपाईंले भोग्नु परेको पीडा पढ्ने जो कोहीको आँखा रसाउँछन्। बेथितिका बारेमा तपाईंले उठाउनु भएका प्रश्नले हामी सबैलाई गिज्याउँछ।’

    मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो।